झापामा ब्राउनसुगर सहित २ भारतीय पक्राउ

बिर्तामोड । प्रतिबन्धित लागुऔषधसहित झापाको झापा गाउँपालिकाबाट २ जना भारतीय नागरीक पक्राउ परेका छन् ।


बिहिबार साँझ ७:२० बजेको समयमा झापा गाँउपालिका वडा नं. १ सालमारा झुलुङो पुल बगानमा चेकजाँचको क्रममा साईकलमा सवार रहेका भारतको किसनगंज जिल्ला कुतवाभिट्टा नँया टोल बस्ने बर्ष ४० को जुलमात हुसेन र सोही स्थानका २० बर्षका तोसिफ आमललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा २० ग्राम ५५० मिलि ग्राम ब्राउनसुगर फेला परेको बताइएको छ ।


दुवैजनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय