आज ट्राफिक सप्ताहको दोस्रो दिन, यस्ता छन् ट्राफिकको तयारी

झापा । झापामा बिहिबारबाट ट्राफिक सप्ताह चलिरहेको छ । बिर्तामोड प्रभातफेरीको आयोजना गर्दै हिजो औपचारिक कार्यक्रमका बिच सप्ताहको सुरुवात गरिएको हो ।


झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बालबालिकाहरु दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । पहिलो दिन प्रभातफेरी र औपचारीक कार्यक्रमकाबिच सचेतना कार्यक्रमा समपन्न् भएको थियो ।


सप्ताहको दोस्रो दिन आज सवारी साधनको गति नियन्त्रणका लागि राडर गनको प्रयोग, टाइमकार्ड लागु भएको स्थानको अनुगमन र निरिक्षण, सडकमा बाधा पुग्ने गरि राखिएको सामाग्री हटाउने, सवरी साईड लाईट प्रयोगको बिषयमा कडाई गरिने र गाउँ तथा भित्रि सडकमा सवारी चेकीङ गरि सचेत गराउने कार्यतालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

आम नागरिक अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुघर्टना न्यूनीकरण गर्न सकिने न्यौपानेको भनाई छ । जिल्लाको सडक दुर्घटनाको अवस्था भयावह रहेकोले दुर्घटना न्यूनिकरणमा सबैको साझा दायित्व भएको उहाँले बताउनुभयाे ।

सवारी दुर्घटनाले एउटा व्यक्ति मात्र होइन, परिवार, समाज र राष्ट्रलाई नै क्षति हुने उहाँको भनाई छ । छोरालाई विस्तारै गाडि चलाउन र श्रीमानलाई मापसे नगरी सवारी चलाउन मात्रै प्रेरित गर्ने हो भने मात्रै पनि धेरै मात्रामा दुर्घटना न्यूनिकरण हुने न्यौपानेले बताउनुभयो ।

सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय