झापाका तीन पालिकामा २८ घण्टादेखि विद्युत अवरुद्ध

बिर्तामोड । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् ।


चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पुर्याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको हो । सोमबार राति परेको चट्याङले विद्युत अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीनवटा पालिकाको विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । सदरमुकाम चन्द्रगढीमा समेत विद्युत सेवा छैन । चट्याङले बिर्तामोड भद्रपुर ३३ केभी प्रसारण लाइनमा क्षति गरेकाले विद्युत् सेवा अवरुद्ध भएको भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईंले जानकारी दिए ।


झापाको सदरमुकाम चन्द्रगढीमा विद्युत सेवा अवरुद्ध भएपछि कतिपय सरकारी कार्यालयको काम प्रभावित भएको छ । सेवा सुरु गर्ने प्रयत्न भइरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

चट्याङले भद्रपुर, कचनकवल र हल्दिबारी क्षेत्रकाका केही स्थानमा पनि क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
2
300
सम्बन्धित

लोकप्रिय

लोकप्रिय