ताप्लेजुङमा बाढी पहिरोमा परि ६ जनाको मृत्यु, ८१ घरपरिवार विस्थापित

ताप्लेजुङ। ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौंको भौतिक क्षति भएको छ । गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रुपमा पानी परिरहेको छ ।


ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले अहिलेसम्म संकलन गरिएको विवरण अनुसार पहिरोमा परि दुई पुरुष र तीन महिलासहित पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती ४८ वर्षीया जसयमाया लिवाङ साम्रा लिम्बू र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षीया गंगा र जमुनाको मृत्यु भएको प्रहरी प्रमुख रावलले बताए ।

उता, सिरिजंघा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत पाँचथरको फिदिम नगरपालिका–१४ लुङ्पा घर भएका २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । घाइते हुनेमा फक्ताङलुङ २ खेजेनिमका ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको र उनीहरु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।


जिल्लाका विभिन्न ठाउँँमा ८१ घर परिवार विस्थापित भएका छन् । विभिन्न क्षेत्रमा १८ घर उच्च जोखिममा र ५५ घर जोखिममा रहेको विवरण संकलन भएको प्रहरी प्रमुख रावलको भनाइ छ । उनका अनुसार विस्थापित ८१ परिवारका एक सय ६३ जना महिला र एक सय ७९ जना पुरुष गरि तीन सय ४२ जना विस्थापित भएका छन् । विस्थापित भएका परिवारहरु केही विद्यालय बस्दै आएका छन् भने केही आफन्त छरछिमेककोमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
335
सम्बन्धित

लोकप्रिय

लोकप्रिय