मेचीनगरमा चट्याङ लागेर दुईवटा राँगाको मृत्यु

बिर्तामोड । झापा मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् ।


सोमबार बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा राँगा मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चट्याङले एउटा भैँसीलाई समेत सामान्य चोट पुर्‍याएको छ भने एक लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय