टि २० विश्वकपबाट बाहिरिएको नेपाली क्रिकेट टोली घर फर्कदै

काठमाण्डौँ । टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ ।


सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं आईपुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले जानकारी दिए ।

हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं आईपुग्ने बताइएको छ । जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।


समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय