माइखोलाको बाढीले झापामा ५० बिघा मकैबाली सखाप

Share :

झापा । अविरल वर्षाका कारण झापाको माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ।

बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, गएराति झापा–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ।


उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
11
+1
0
+1
3
+1
0
+1
9
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय