चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २० जना घाइते, घाईतेहरुको बिवरण सहित

दमक । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।


आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को. १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।


बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

सवारी दुर्घटनामा घाईतेको बिवरण: 
१. जिल्ला झापा कमल गाँपालिका वडा नं.-४ बस्ने बर्ष ३८ की बिनु लिम्बु- देब्रे पाता र खुट्टामा चोट- अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी BNC अस्पताल बिर्तामोड रेफर ।
२. जिल्ला झापा दमक नगरपालिका वडा नं.-५ बस्ने बर्ष ४२ को कलिन्द्र शेर्मा- घाटीमा चोट, अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी BNC अस्पताल बिर्तामोड रेफर ।
३. जिल्ला मोरङ मधुमल्ला -८ बस्ने बर्ष अं.३५/३६ की कल्पना कटुवाल- टाउकोमा चोट, अवस्था बोल्न नसक्ने गम्भिर- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
४. निजकै छोरा नामथर नखुलेको अन्दाजी ४/५ बर्षको बालक- टाउको र गालामा चोट, अवस्था बोल्न नसक्ने गम्भिर- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
५. जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ बस्ने बर्ष ४० की पुर्णमाया पोखरेल- टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
६. जिल्ला झापा दमक नगरपालिका वडा नं.-८ बस्ने बर्ष ५१ को होम बहादुर भट्टराई- मटाउकोमा चोट- अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
७. जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-५ बस्ने बर्ष ३८ की शारदा खड्का- टाउको र अनुहारमा चोट, अवस्था बोल्न नसक्ने गम्भिर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
८. जिल्ला झापा दमक नगरपालिका -५ बस्ने बर्ष ४५ को अच्युत निरौला- नाक र निधारमा चोट, अवस्था बोल्न सक्ने मध्यम- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
९. जिल्ला झापा कमल गाउपालिका वडा नं.-५ बस्ने बर्ष ३८ की लिला चौहान- हात खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर ।
१०. जिल्ला झापा दमक नगरपालिका वडा नं.-१ बस्ने बर्ष ३५ को राजु कडरिया- बाया गालामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी निम्स अस्पताल दमक रेफर ।
११. जिल्ला झापा गौरादह नगरपालिका वडा नं.-४ बस्ने बर्ष ३० को दुर्गा बहादुर श्रेष्ठ- टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी निम्स अस्पताल दमक रेफर ।
१२. जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ बस्ने बर्ष ५० को कृष्ण कुमार तामाङ- दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१३. जिल्ला झापा दमक नगरपालिका वडा नं.-८ बस्ने बर्ष ६५ को भरत ढकाल- नाक र दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१४. जिल्ला झापा दमक नगरपालिका वडा नं.-१ बस्ने बर्ष ४६ की बबिता राई- टाउकोमा र छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम- दमक अस्पताल दमकमा उपचार हुँदै ।
१५. जिल्ला झापा दमक नगरपालिका वडा नं.-४ बस्ने बर्ष ३० की भारती मगर- नाक र दाहिने खुट्टामा चोट- अवस्था बोल्न सक्ने सामान्य -‍ लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
१६. जिल्ला झापा कमल गाँउपालिका वडा नं.-५ बस्ने बर्ष ४० को लक्ष्मी सुब्बा- मुखमा चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
१७. जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.-४ बस्ने बर्ष २१ को कर्ण बहादुर राजबंशी- टाउकोमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
१८. जिल्ला भोजपुर ट्याम्केमैयुम गाँउपालिका वडा नं.-४ बस्ने बर्ष ४५ की चरित्र राई- देब्रे पातो भाच्चिएको, खुट्टामा सामान्य चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
१९. जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ बस्ने बर्ष ६५ को टंक प्रसाद चुडाल- मुखमा चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
२०.निजकै छोरी बर्ष १५ की क्याटरिना चुडाल- टाउकोमा सामान्य चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय