टी-२० विश्वकपमा बङ्ग्लादेशसंग नेपालको भिडन्त प्रतिष्ठाको लडाई

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र बङ्ग्लादेश खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुनेछ ।


दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि भोलिको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । बङ्ग्लादेशको भने ‘सुपर–८’ मा पुग्ने सम्भवना कायमै छ ।

यदि बङ्ग्लादेशले नेपाललाई हराएमा ऊ सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर बङ्ग्लादेश नेपालसँग हारेमा समूहको अर्को अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यो खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई ठूलै अन्तरमा हराए ऊ दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहनेछ ।


यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । प्रतियोगितामा आज राति सवा ८ बजे फ्लोरिडामा समूह ‘ए’ का पाकिस्तान र आयरल्यान्ड खेल्दैछन् । यी दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय