अन्तर्राष्ट्रिय पदक जितेका खेलाडीलाई राखेपले दियो २ करोड ९७ लाख पुरस्कार

झापा । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक कार्यक्रमबीच पुरस्कृत गरेको छ  ।


चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कराते र कबड्डीका पदक विजेता, चीनको हाङझावमै भएको चौथो एसियाली पारा खेलकुदमा तेक्वान्दोका पदक विजेता तथा आईसीसी टि– २० वल्ड कप फाइनल एसियामा दोश्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीसहित टोलीलाई पुरस्कृत गरिएको हो ।

उनिहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले पुरस्कार प्रदान गर्नुभएको थियो ।


टोलीलाई प्रशंसा पत्रसहित जम्मा २ करोड ९७ लाख १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको बताइएको छ । राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।

२०८१ साल बैशाख ७ गतेको मन्त्रिपरिषद्को बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय