अर्जुनधारामा यु १५ का दुई खेलाडीलाई नगदसहित सम्मान

शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले स्थानीय दुई जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।


हालै पोखरामा सम्पन्न यु १५ राष्ट्रियस्तरीय विद्यालय खेलकुद प्रतियोगितामा पदकधारी दुई जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । अर्जुनधारा ३ स्थित जनता माविको कक्षा १० मा अध्ययनरत निकिता एक्तेन लिम्बू र राजन बान्तवा राईलाई नगर खेलकुद समितिले नगद ५-५ हजारसहित सम्मान गरेको हो ।

निकिताले लङ जम्प र रिले रेसमा दोस्रो स्थान तथा १०० मिटर दौडमा दोस्रो स्थान हासिल गरेकोमा उनीहरुलाई समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मान गरेको हो । उनीहरुलाई नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले नगद प्रदान गरेका हुन् ।


खेल जगतले व्यक्तित्व विकाससँगै समाज र राष्ट्रको गरिमा उच्च राख्ने भएकाले खेलकुदलाई अनिवार्य गराउनुपर्नेमा नगर प्रमुख गोम्देनले बताउनुभयाे । यसैगरी, उपप्रमुख पराजुलीले नगरबाट सकेसम्म खेलकुद गतिविधिलाई बढावा दिँदै खेलाडीलाई प्रोत्साहन गर्ने कार्य अघि बढिरहेको बताउनुभयाे ।

कार्यक्रमको सञ्चालन सदस्य सचिव खगेन्द्र लिङदेनले गनुर्भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय