कनकाईका वडा अध्यक्ष थापाको निधन, आज शोक विदा

कनकाई । झापा कनकाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ ।


६६ वर्षको उमेरमा आइतबार बिहान १ः५० बजे उनको निधन भएको हो ।थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा बिदा दिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।


थापाको पार्थिव शरीरलाई आइतबार बिहान १ घण्टा वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
210
सम्बन्धित

लोकप्रिय

लोकप्रिय