बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

बिर्तामोड । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फर्स्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो ।


आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने प्रतियोगिता आयोजक समितिका सचिव माधव झाले बताए ।


त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएकजना च्याम्पियनसिपका लागि छनोट हुने छन् । प्रतियोगिता सम्पन्न गर्न नगद १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय