गिरीबन्धु टि स्टेट निजी सम्पत्ति हो: सञ्चालक गिरी

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट निजी सम्पत्ति भएको बताएका छन् । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुमाथी विभिन्न गलत टिप्पणीहरु भईरहेको भन्दै आपत्ति जनाएका छन् । गिरीबन्धु टी स्टेटले पछिल्ला समयमा विभिन्न टिकाटिप्पणी गरी भ्रम छरिएको भन्दै ७ बुँदे स्पष्टीकरण पेश गरेको छ ।

प्रालिले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ ।


‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएको र स्थानीय जनतासँग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागी निवेदन गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ । त्यस्तै गिरीबन्धु टी स्टेट प्रालिले संसदले नै ऐन पारित गरेर गिरीबन्धुको जग्गा साटफेर गर्न भनेको जनाएको छ । पछिल्ला समयमा विभिन्न टिकाटिप्पणी गरी भ्रम छरिएको भन्दै पत्रकार सम्मेलनमार्फत् गिरीबन्धुले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।


प्रालिका अध्यक्ष छत्र गिरीले त्यतिबेला प्रधानमन्त्रीको जिम्मेवारीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भएकाले उनले निर्णय गर्नु संयोगमात्रै भएको बताए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा भए पनि यस्तै निर्णय हुने गिरीले बताए ।

२०६५ सालमा सर्वोच्च अदालतले फैसला गर्दा सट्टापट्टालाई मान्यता दिएर नीति निर्माण गर्नका लागि आदेश दिएको थियो । त्यसैका आधारमा संसदले भूमिसम्बन्धी ऐनमा नै केही प्रावधान थपेको गिरीले बताए । तीनै प्रावधानलाई आधार मानेर र त्यसै प्रावधानको १२ ‘ग’ मा टेकेर सट्टापट्टाको व्यवस्था गरेकोले भूमिसम्बन्धी ऐन नियमावलीमा टेकेर गिरीबन्धु सट्टापट्टाका लागि निवेदन गरेको समेत उनको भनाई छ ।

७ बुँदे प्रष्टीकरण

१. गिरी–वन्धु टि इस्टेटले भूमि सम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टा–पट्टाको लागी निवेदन गरेको र नेपाल सरकार, मन्त्री परिषद्ले समेत कानून बिपरीत निर्णय गरेको होइन तर मन्त्री परिषदबाट निर्णय गर्दा माथी उल्लेख भए अनुशारको प्रकृया सम्म नपुर्याएको भन्ने फैसला⁄आदेशमा उल्लेख भएको देखिन्छ ।

२. नेपाल सरकार, मन्त्री परिषद्ले निर्णय गर्दा पनि प्रचलित ऐन कानुन र नियमको परिधी भित्र बसेर निर्णय गरेको हुनाले सो गर्दा सर्वोच्च अदालतले गिरि–वन्धुले पेश गरेको निवेदनमा आवस्यक पुर्वाधारहरु नदेखाएको भनी प्राविधिक कारणहरुले मात्र त्रुटिपूर्ण भएको भनी ठहर गरेको छ ।

३. मिति २०३० सालमा मात्र पूर्व–पश्चिम राजमार्ग निर्माण सम्पन्न भएको हो । यो कम्पनी २०२० मा नै स्थापित कम्पनी हो । यो कम्पनी गिरी–बन्धु परिवारको निजी जग्गामा चिया बगानको लागी प्रचलित कानून बमोजिम हदवन्दी सम्म छुट लिएको हो (यो जग्गा हाम्रो परिवारको निजी भएको प्रमाण हामीसंग सुरक्षीत छ)। कम्पनी स्थापना हुंदा (६० बर्ष अगाडी) राजमार्गको अबधारणा समेत नबनेको हुंदा अहिले आएर महंगो जग्गा बेचेर सस्तो जग्गा खरिद गर्ने चलखेल भयो भन्दै झुठ्ठा र भ्रामक समाचारहरु केही प्रिन्ट, मिडिया तथा अनलाईन खबरहरुबाट प्रचार भैरहेको साथै सरकारले नै चिया खेतीको लागी गिरी–बन्धुलाई सित्तैमा सरकारी जग्गा दिएको जस्तो भ्रमपुर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरुमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भैरहेको हुनाले यस कुराको वास्तबिकता नबुझी उल्लेख भएको देखिन्छ । यस्तो गलत तथ्य र अफावहमा नलागी दिनुहुन अनुरोध छ ।

४. २०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको कारण सो ठाउँमा बस्ती विस्तार भै विर्तामोड बजारको विकास भएको र यसरी बजारको विकास भएको कारण चिया बगान क्षेत्रमा समेत जबरजस्ती प्रबेश गर्ने चियाका बुट्टाहरु नास्ने मास्ने कार्य भएकाले चिया उत्पादनमा ह्रास आएको ब्यहोरा जानकारी गराईन्छ ।

५. हाल आएर तिब्रगतीमा विर्तामोड बजारको विकास भएको तथा बजार पुर्बतर्फ फैलिदै गएको, बगानसंगै अस्पताल, बिद्यालय र तिब्र बजारीकरणको कारण चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेको, मृत जनावरहरु फाल्ने ठाँउ बनेको, किटनाशक औंषधी छर्नु परेको कारण स्थानीय मानिसहरुको स्वस्थ्यमा असर परेको र अन्ततः गाई वस्तु चराउने ठाउँ बन्न पुगेको अबस्थामा परिणत भएका कारण र एउटै स्थानमा लामो समयदेखी चिया बगान रही माटोको उर्बर शक्तीमा ह्रास आएकाले चिया उत्पादनमा ७०% (सत्तरी प्रतिशत) सम्म ह्रास आएको अबस्था भएकाले चिया मज्दुरको रोजीरोटीमा समेत समस्या थपिदै गएको अबस्था छ ।

६. उल्लेखित अबस्था र परिस्थितीको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दवाब आएको र स्थानीय जनताहरुसंग राजनितीक दलका स्थानीय प्रतिनिधीहरु समेतको रोहबरमा छलफल हुंदा चिया बगान कायम राख्न तिब्र बिरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाऊमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागी निवेदन गरिएको हो ।

७. सम्मानित अदालतबाट समेत चिया बगानको लागी सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मज्दुरको रोजीरोटीको समस्याबाट बञ्चीत नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मुल्यको आधार र चिया उत्पादनको लागी हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्छ भनिएकाले आबश्यक प्रकृया पुरा गरेर यो सबै बिषयको सुनिश्चतता गरेर नै उपयुक्त निर्णयमा यस गिरी–बन्धु टि इस्टेट पुग्ने कुराको जानकारी गराउदछौं ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय