जनता समाजवादी पार्टीले बुधबार झापामा जिल्ला भेला तथा रुपान्तरण कार्यक्रम गर्दै

बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा) ले भोलि बुधबार झापा जिल्ला स्तरीय भेला तथा रुपान्तरण कार्यक्रम आयोजना गरेको छ ।


जसपाका केन्द्रिय उपाध्यक्ष रणध्वज कन्दङ्वा लिम्बुको प्रमुख आतिथ्यमा जिल्ला भेला तथा रुपान्तरण कार्यक्रम आयोजना गरिएको जसपाका प्रदेश सदस्य गौरीमान राईले जानकारी दिनुभयो । कार्यक्रमलाई झापा जिल्ला कमिटिले आयोजना गरेको हो ।

कार्यक्रमलाई केन्द्रिय उपाध्यक्ष लिम्बुसहित, पार्टिका केन्द्रिय उपमहासचिव तथा नेपाल सरकारका संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।


कार्यक्रम बिर्तामोडको आदर्श बेङ्कुईट्मा बिहान ११ बजेदेखि हुने बताइएको छ । नेता राईले कार्यक्रममा जिल्ला भरिका नेता कार्यकर्ताको सहभागिता रहने बताउनुभयो ।

गत वैशाख २३ गते तात्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर संघीय परिषद अध्यक्ष अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्माण भएको थियो। त्यसयता जसपाले जिल्ला भेला तथा रुपान्तरण कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
395
सम्बन्धित

लोकप्रिय

लोकप्रिय