गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ ।


सर्वोच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गर्नका लागि ३१ सांसद आवश्यक पर्छ । अहिले संसदमा नेपाली काँग्रेसका २७ सांसद छन् भने एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई, नेपाल समाजवादी पार्टीका एक र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् ।


मुख्यमन्त्री पाण्डेलाई राप्रपाका दुई सांसद र दिपक मनांगेको समर्थन रहने अनुमान गरिएको छ । त्यस्तै अर्को एक जना सांसदको समर्थन जुटाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय