ब्याक बेन्चरहरुले चलाउन जानेनन् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिमा कहिलेकाँही झुक्किएर ब्याक बेन्चरहरु नेतृत्वमा पुग्दा चलाउन नसकेको बताएका छन् । आइतबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले ब्याक बेन्चरहरुहरुले सफल नेता बन्न सबैभन्दा पहिले आफूलाई चिन्नुपर्ने बताए ।


निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई लक्षित गर्दै उनले भने, ‘राजनीतिमा कहिलेकाँही झुक्किएर ब्याकबेन्चरहरु नेतृत्वमा पुग्दा चलाउन नसक्ने र चलाउन जानेनन्, त्यसैले अध्ययन गर्नु आवश्यक छ । म को हुँ भन्ने चिनेर अघि बढेमात्र सफलता पाइने भएकाले सफल हुनलाई अध्ययन गर्न आवश्यक छ ।’

कार्कीले आफूलाई बुझ्दै समाज र राष्ट्रप्रतिको दायित्व बुझे सफल नेतृत्व उत्पादन हुने बताए । ‘नेता भन्ने बित्तिकै खतरा हुन्छन्, पढेका हुँदैनन्, भ्रष्टाचारी हुन्छन्, गलत बाटो लाग्छन, गलत सल्लाह दिन्छन्, जे भेट्यो खाइहाल्छन् भन्ने नकरात्मक भावनाको व्यापकता छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसलाई नकरात्मक रुपमा मात्र लिनु हुँदैन् ।’


राजनीतिमा धेरै असल मान्छेहरु रहेको र समाजमा ९५ प्रतिशत मान्छे असल रहेको उनको दाबी छ । नेपालमा अपराध र द्वन्द्वको दर अन्य देशमा भन्दा कम रहेको दावी गर्दै उनले यो मुलुक अहिले हाम्रो हातमा रहेको र यसलाई कता लैजाने भन्ने जिम्मेवारी अहिलेको पुस्ताको रहेको बताए । आफूले पाएको जिम्मेवारी पुरा गर्न सके सबै सफल हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय