मोदीले प्रधानमन्त्रीको शपथ आइतबार लिने, नेपालका प्रधानमन्त्री प्रचण्ड जाने

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालको लागि शपथ लिने भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।


यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए । चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन् ।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन् ।


बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले यसअघि सन् २०१४ र २०१९ मा सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय