नेकपा एमाले अर्जुनधाराको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको नवनिर्वाचित नगर कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।


बुधबार नगर पार्टी कार्यालयमा आयोजीत कार्याक्रमकाबिच बीर्खबहादुर प्रधानको नेतृत्वमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरु र लेखा समितिलाई सपथ ग्रहण गराईएको हो ।

गत आईतबार सम्पन्न भएको निर्वाचनबाट एमाले अर्जुनधाराको अध्यक्षमा कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका प्रधान विजयी हुनुभएको थियो ।


त्यस्तै उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी र सचिवमा श्रीप्रसाद नेपाल विजयी हुनुभएको छ । त्यस्तै उपसचिवमा भानु मिश्र विजयी बन्दा र महिला उपसचिवमा गृहेश्वरी कार्की सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

गिताकुमारी राईको नेतृत्वमा निर्वाचित लेखा समितिलाई समेत सपथ ग्रहण गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय