गठबन्धनले राष्ट्रको हित हुँदैन् : एमाले महासचिव पोखरेल

बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले राष्ट्रको हित नहुने बताउनु भएको छ । आज एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनलाई उद्घाट गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।


उहाँले गठबन्धन, तालमेल, मिलिजुली सरकार र नितिगत सम्झौताको जगमा मुलुक समृद्ध हुन नसक्ने तर्क गर्नुभयो । उहाँले मुलुकको हितका लागि बलियो राजनैतिक दलको आवश्यक्ता रहेको पोखरेलको भनाई छ । त्यसका लागि अब नेकपा एमाले बलियो शक्तिको रुपमा विकास भइरहेको पोखरेलले बताउनुभयो ।

एमाले बलियो हुनु भनेको चुनाव जित्नु मात्रै हैन्, समाजलाई बदल्नु हो, जनताको जीवनमा परिवर्तन ल्याउनु हो, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकक्षा पुरा गर्नु हो, पोखरेलको भनाई थियो ।


पोखरेलले मिसन ०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने तर्क गर्नुभयो । त्यसका लागि पार्टीका नेता कार्यकर्ताहरु एकतावद्ध हुन आवश्यक रहेको उहाँको भनाई थियो ।

सम्बोधनका क्रममा पोखरेलले एमाले नेता कार्यकर्ताहरु ठिक ढंगबाट पार्टी काममा लागेमा कसैको पनि सहारा नलिई एमालेले बहुमत प्राप्त गर्ने र मुलुकलाई समृद्धीको दिशा तर्फ लैजाने उद्घोष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय