‘आचार्य’ फिल्मको ट्रेलर रिलिज : सौगात, दयाहाङदेखि विपिन कार्की सम्म देखिए 

Share :

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यकोवायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन स् प्रर्दशन गर्न लागेको हो ।

यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ । चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन ।


ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुन सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय