गाँजाबारी मिश्रीत कृषक समुहको प्रथम वार्षिक साधारणसभा सम्पन्न, एक वर्षमा १० लाख भन्दाबढी मुनाफा

अर्जुनधारा । गाँजाबारी मिश्रीत कृषक समुहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडाका कृषकहरु आवद्ध रहेको कृषक समुहले बुधबार पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

गाँजाबारी स्थित डुङखुरीमा रहेको सामुदायिक भवनमा सम्पन्न भएको कार्यक्रममा समुहका अध्यक्ष राजेन्द्र वाग्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वाग्लले समुह स्थापना भएको १ बर्षको अवधिमा ५० जना कषकहरु शेयरसदस्य भएको बताउनुभयाे । उहाँका अनुसार समुहले हाल दुध उत्पादनलाई पहिलो प्राथमिकता दिएको छ । समुहमा आवद्ध सबै कृषले दुध उत्पादन गरिरहेका छन् ।

अध्यक्ष वाग्लेले १ बर्षको अवधिमा समुहले ८६ हजार ६७ लिटर दुध कृषकहरुबाट संकलन गरि बिक्री गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक बर्षको अवधिका समुहले ७८ लाख ३५ हजार ८ सय ६० रुपैयाँको दुध बिक्री गरेको छ । त्यस्तै समुहले दुध उत्पादमा लागेका कृषकहरुका लागि गाई खरिदमा बिना ब्याज ऋण लगानी गरीरहेको छ ।

साधारणसभामा लेखा समितिका संयोजक गणेश साप्कोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको माघ मसान्त सम्मामा संस्थाले ३८ लाख ७८ हजार २ सय मुल्य बराबरको दुध बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा संस्थाले सबै खर्च कटाएर १० लाख ३६ हजार ४ सय ८६ रुयैयाँ नाफा कमाएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता र अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ (सिदार्थ)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ६ जान कृषकहरुलाई पुरस्कृत गरिएको थियो ।

धेरै दुध संकलन गर्ने कृषकहरु साजल श्रेष्ठ, टेक बहादुर दाहाल र बलराम कार्कीलाई क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार प्रदान गरिएको थियो । त्यस्तै उच्च गुणस्तको दुध संकलन गर्ने कृषकहरु खड्ग खनाल, लक्ष्मी नारायण तिम्सिना र मोहन दाहललाई जनही नगद २ हजार पुरस्कार प्रदान गरिएको संस्थाका सचिव हेम खड्काले जानकारी दिनुभयो ।

हाल समुहले आफ्नै चिस्यान केन्द्र संचालन गरेर कृषकहरुबाट दुध संकलन गरि बिक्री गरिरहेको छ । गाँजाबारीमा समुहको दुध संकलन तथा चिस्यान केन्द्र छ । केन्द्रका हाल गाँजाबारी, राते, मिश्रटार लगायतका क्षेत्रका कृषहरुले दुध संकलन गरिरहेका छन् । अहिले समुहले कृषकहरुलाई प्रतिलिटर ५० रुपैयाँ देखि ७५ रुपैयाँ सम्म दुधको मुल्य प्रदान गरिरहेको सचिव खड्काले जानकारी दिनुभयो ।

दुधको बजारीकरण समस्याले पछिल्ल्लो समय असर गरेका कारण कृषकहरु भने मारमा परेका छन् । दुध बिक्रीमा देखिएको समस्या समाधानका लागि कृषकहरुले सरकारसंग आग्रह समेत गरेका छन् । साधारणसभामा कृषकहरुको सल्लाह, सुझाव र गुनासो संकलन गरि समितिको तर्फबाट अध्यक्ष वाग्लेले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, अर्जुनधारा नगरपालिकाका पशुपंक्षी विकास शाखा अधिकृत पदमलाल राई, शान्ति सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोईराला, पूर्व वडाअध्यक्ष प्रेम आचार्य, खुदुनाबारी कृषक समुहका अध्यक्ष भिम फियाक, कृषकहरु गणेश प्रधान, डिकबहादुर तिखत्री लगायतले आफ्नो कुरा राख्नुभएको थियो ।

समुहका सचिव नरेन्द्रप्रसाद गौतमले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सदस्य धनश्याम ढुङ्गेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
0
+1
0
+1
0
420
सम्बन्धित

लोकप्रिय

लोकप्रिय