अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरे शाखाको आयोजनामा सोमबार लोम अफिसर ट्रेनिङ एण्ड प्री इन्डक्सन कार्यक्रम सम्पन्न भएको छ ।
शाखाका पदाधिकारी तथा सदस्य एवम् जेसीजमा आउन चाहने युवाहरुलाई जेसीजको अर्थ र जेसीजमा आबद्ध जेसीको काम, कर्तव्य र अधिकार बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिनुभयो ।
शाखाको सभाहलमा भएको कार्यक्रमलाई विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाईंले सहजिकरण गर्नुभएको थियो ।कार्यक्रममा ३० जना बढीको सहभागिता रहेको थियो ।
शाखाका अध्यक्ष बुढाथोकीको अध्यक्षता र कार्यक्रम संयोजक रमेश विष्टको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका योजना शाखा प्रमुख हीमराज सेढाईंले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । शाखाका सचिव गौरव भण्डारीले जेसीज आस्था वाचनसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गर्नुभएको थियो ।