राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको अध्यक्षमा प्रिन्स

Share :

बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समितिको अध्यक्षमा अनवर शेख (प्रिन्स शेख) चयन भएका छन् ।

 राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समितिको  नगर अधिवेशनले शेखको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समिति गठन गरेको हो ।

नवगठित समितिको  सदस्यहरुमा अनुप खड्का, उमेश राई, जय हाङ्वो राई, पवन महतो, रवि चुडाल, बबि काफ्ले, पुकार राई, चन्द्र खरेल, अर्पण पोखरेल, सन्तोष वि.क.,किरण तामाङ, जंगबहादुर वि.क., जीवन भण्डारी, धिरेन्द्र वि.क.,खेमराज वि.क.,सुमन चौधरी, संजोग राई, समिर टुडू ,करिना बेगम ,खुश्बु बेगम, महमद समित, गजेन्द्र शेर्पा, पर्शु वि.क., दिपेश भट्टराई, सुभाष मगर, कमल बराल, सूर्य चम्लागाँई, कृष्ण श्रेष्ठ, भीम थापा, युवक खान, सुरेन्द्र अधिकारी, पूर्णिमा लामगादे, अग्नि थापा, ललित राजवंशी, मोहन खरेल, मनकुमार चुडाल, सविता भट्टराई, रविन नेपाल र डिल्ली राजवंशी रहेका छन् ।


राप्रपा बिर्तामोड नगर समिति अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षता तथा  राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सन्तोष कडरियाले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद गोपाल गजमेर , राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राई , राप्रपाका जिल्ला सदस्य लक्ष्मी ढकाल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का गणेश ,राप्रपा बिर्तामोड १० नं.वडा समितिका अध्यक्ष भवानीशंकर राउतलगायतले नवगठित समितिले राप्रपाका मुल मर्ममा रही देशको बैकल्पिक शक्ति निर्माण गर्न अहम भुमिका निर्बाह गरोस् भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा नवगठित समितिका अध्यक्ष शेखले बिर्तामोडका सवै वडामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनलाई विस्तार गरी राप्रपालाई मजवुत बनाउने प्रतिवद्धता जनाए ।

नबिन राप्रपा कार्ययोजना २०८० अन्तर्गत भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा वढी राप्रपामा प्रवेश गरेका थिए ।  कार्यक्रमको संचालन राप्रपा बिर्तामोड १ नं.वडा समितिका अध्यक्ष जनक खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय