मेची आँखा अस्पतालको २७औँ बार्षिकोत्सव सम्पन्न

Share :

बिर्तामोड । मेची आँखा अस्पतालले २७औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा शुक्रबार अस्पतालको २७ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

झापाको बिर्तामोडस्थित सैनिक मोडमा रहेको अस्पताल रिसरमा बार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी र आँखा दान गर्नेको परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

गएको बर्ष १ लाख ९८ हजार जनाले अस्पतालमा र ८२ हजार जनालाई विभिन्न शिविर माध्यम ओपीडी सेवा दिइएको अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । त्यस्तै ३७ हजार जनाको शल्यक्रिया गरिएको र सो मध्ये ६० प्रतिशत शल्यक्रिया मोतियाविन्दुको गरिएको उहाँले बताउनुभयो । अतिविशिष्ट शल्यक्रिया मध्ये ७ हजार दुई सय जनाको रेटिनाको शल्यक्रिया गरिएको थियो । स्वास्थ्य बीमा अन्तर्गत ५१ हजार ९१४ जनाको उपचार गरिएको र ५४ लाख रुपैँया बराबरको निःशुल्क उपचार गरिएको जोशीले जानकारी दिनुभयो ।


बार्षिकोत्सवको अवसरमा चस्मा लगाउनु पर्ने बिरामीका लागि चस्मा लगाउन नपर्ने कोर्निया एण्ड रिफ्रयाक्टिभ युनिटको शुरुवात गरिएको थियो । त्यस्तै बालबालिकाको आँखा उपचारका लागि पेडियाट्रिक आइ क्लिनिकसमेत सञ्चालनमा आएको छ ।

कार्यक्रममा प्राडा मिनु चौधरी, प्रदेश सांसद एकराज कार्की, मात्रिका आइ सेन्टरका किशोर प्रधानलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन सचिव गणेश पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय