बेल्स मोडल स्कुलको चौथो वार्षिकोत्सव सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित

Share :

बिर्तामोड । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलले चौथो बार्षिकोत्सव मनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गर्दै विद्यालयले चौंथो बार्षिकोत्सव मनाएको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक जयकुमार प्रसाईको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

५ सय ४० जना बिद्यार्थीबाट शुरु गरेको बिद्यालयमा हाल एक हजार ७ जना बिद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । बिद्यालयमा हाल ४६ जना शिक्षकशिक्षिका र २० जना कर्मचारी रहेका विद्यालय प्रशासनले जनाएको छ ।


बार्षिकोत्सवको अवसरमा बिद्यालयले बिभिन्न ब्यक्तित्वलाई सम्मान गरेको छ । प्रथम अभिभावकका रुपमा दीपक कार्की र बिष्णु बस्नेत, सामाजिक ब्यक्तित्वका रुपमा नरेशप्रसाद चुडाल र पूर्व शिक्षकका रुपमा कमल भट्टराई, उषा काफ्ले र सुजता खरेललाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, प्रदेश सांसद एकराज कार्की, चिन्तन पाठक, पूर्व मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओलीलगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक खगेन्द्र शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका संयोजक देवान ढुङ्गानाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल, सह–सचिव देबेन्द्र हुमागाई, अभिवावक संघका अध्यक्ष ताराकुमार चापागाईलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिभिन्न कक्षमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय