ग्याङफाइटमा हतियार प्रहारबाट एक जनाको मृत्यु

Share :

बेनी । म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ बेनी नगरपालिका-८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका-१ बेगका घर भई हाल बेनी नगरपालिका-८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय