सातौं राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाइदै, तस्बिरहरु

Share :

झापा । सातौं राष्ट्रिय भाक्का दिवस आज विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाइदै छ ।

झापा, मोरङ तथा सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायको परम्परागत खानाको रुपमा भाक्का परिचित छ ।


पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो ।

खासगरी हिउँद अर्थात् जाडो महिनामा भक्काको प्रयोग धेरै हुने गर्दछ ।

सातौं राष्ट्रिय भाक्का दिवसको अवशर पारेर राजवंशी समाज विकास समितिले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भव्य कार्यक्रमको आयोजना गरेर गरेका छ ।

कार्यक्रममा अवलोकन गर्न र भाक्का खान हजारौ मानिसको सहभागित रहेको छ ।

करिब ३० हजार जनाको सहभागिता रहेको जनाइएको छ ।

सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाई निशुल्क रुपमा खुवाइदै छ ।

थप तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय