तिलक योञ्जन, झापा । सातौं राष्ट्रिय भाक्का दिवस आज विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाइदै छ ।
झापा, मोरङ तथा सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायको परम्परागत खानाको रुपमा भाक्का परिचित छ ।
पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो ।
खासगरी हिउँद अर्थात् जाडो महिनामा भक्काको प्रयोग धेरै हुने गर्दछ ।
सातौं राष्ट्रिय भाक्का दिवसको अवशर पारेर राजवंशी समाज विकास समितिले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भव्य कार्यक्रमको आयोजना गरेर गरेका छ ।
कार्यक्रममा अवलोकन गर्न र भाक्का खान हजारौ मानिसको सहभागित रहेको छ ।
करिब ३० हजार जनाको सहभागिता रहेको जनाइएको छ ।
सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाई निशुल्क रुपमा खुवाइदै छ ।
थप तस्बिरहरु :