सभामुख घिमिरे झापा आउदै, २६० ज्येष्ठ नागरिकलाई सम्मान गर्ने

बिर्तामोड । सभामुख देवराज घिमिरे विभिन्न कार्यक्रममा सहभागी हुन मंसिर ३ गते झापा आउने भएका छन् । आइतवार झापा आउने घिमिरे ५ गते काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।


सभामुख घिमिरेले झापाको बिर्तामोड, अर्जुनधारा, कनकाई र बुद्धशान्तिका २६० ज्येष्ठ नागरिकलाई सम्मान गर्दै लौरो वितरण गर्ने कार्यक्रम रहेको छ । झापा आएको पहिलो दिन बिर्तामोड र कनकाईका जेष्ठ नागरिकहरुलाई लौरो वितरण सहित सम्मान र विरिङ पुल पूर्वी किनारमा आयोजित छठ पर्व कार्यक्रमको समुद्घाटन गर्ने सचिवालयका तेजप्रकाश भट्टराईले जानकारी दिए ।

यस्तै दोस्रो दिन सभामुखको उपस्थितिमा चन्द्रमार्ग बिर्तामोड ३,४,९ मर्मत कार्यक्रमको सुरुवात गर्ने, अर्जुनधारामा ११० जना ज्येष्ठ नागरिकहरुलाई लौरो वितरण सहित सम्मान र नगरको आवधिक योजना हस्तान्तरण गर्ने कार्यक्रम छ । दोस्रो दिनको अन्तिम कार्यक्रम बुद्धशान्तिका ३० जना जेष्ठ नागरिकहरुलाई लौरो वितरण तथा सम्मान गर्ने कार्यक्रम छ ।


तेस्रो दिन सुकुम्वासी-अव्यवस्थित बसोबासीले उपयोग गरेको जग्गा र सेनाले उपयोग गरेका जग्गामा परेको दोहोरोपनाका विषयमा प्रभावितहरुसँग सभामुखले साक्षात्कार गर्ने, सिस्नेबाट जयपुर हुदै जयपुर शनिश्चरे बजार पक्की सडक अवलोकन गर्ने, अर्जुनधारा र मेचीनगरनगरपालिका बिच सभामुखको उपस्थितिमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय