सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु भएको छ। दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।


बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।


उनको मृत्युको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय