अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घट नामा चारजना घाइते भएका छन् । कमलबजार नगरपलिकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा बुधबार राति दुर्घटना भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
215
सम्बन्धित

लोकप्रिय

लोकप्रिय