कोशीमा सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा

झापा । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुंग्याएका छन्। आज दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिनुभयो।


जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १–१ मन्त्रालय पाउने नेता आङ्बोले बताउनुभयो ।

कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री हुनुहुन्छ। सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन्।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय