प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट झापामा एकको मृत्यु, दुई जना घाइते

झापा। प्रहरी उपरीक्षक(एसपी) ले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । गएराति ९ बजे कनकाई नगरपालिका ८ स्थित विरिङ पुलमा संघीय प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहालले चलाएको को १ च ७८३९ नं को स्कोरपियोले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको मे १० प १६६९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।


मोटरसाइकलको पछाडि सवार कमल ६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालक कमल ६ बस्ने १९ वर्षीय खगेन्द्र ताजपुरिया र पछाडि सवार सोही ठाउँका १८ वर्षीय पूजन राजवंशी घाइते भएका छन् । मोटरसाइकल चालक ताजपुरिया सामान्य घाइते छन् भने राजवंशीको आइसियुमा उपचार भइरहेको छ ।

स्कोरपियो र चालक प्रहरी उपरीक्षक दाहाल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेका छन् ।दुर्घटना गराएपछि उनलाई निलम्बन गरिएको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय