अर्जुनधारा १ ले जित्यो भेट्रान फुटबलको उपाधि

अर्जुनधारा । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३९ औं जन्मजयन्ती तथा तिहार पर्व २०८०को अवसरमा आयोजित भेट्रान फुटबलको उपाधि अर्जुनधारा वडा नम्बर १ ले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा अर्जुनधारा-१ को भेट्रान फुटबल टिमले सुखानी सामुदायिक बन उपभोक्ता समितिको भेट्रान फुटबल टिमलाई २­-१ गोल अन्तरले हराएको हो । अर्जुनधारा-१ का वडाअध्यक्ष उपेन्द्र बस्नेत खेलको ‘म्यान अफ दि म्याच’ चुनिए ।


विजेता बनेको अर्जुनधारा-१ को भेट्रान फुटबल टिमले नगद ५ हजार, ट्रफि र मेडल पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको पुरस्कार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १ सय ३९ औं जन्मजयन्ती तथा तिहार पर्वको अवसरमा शनिबार (आज) साँझ आयोजना गरिने बिषेश समारोहकाबिच बितरण गरिने आयोजक समितिका सचिव मुकुन्द भण्डारीले जानकारी दिनुभयो ।


फाल्गुनन्द जन्मजयन्ती तथा खुदुनाबारी भेट्रान समितिले जनता मा.वी. खुदुनाबारीको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा पत्रकार, सामुदायिक बन र जनप्रतिनिधि सम्मेलीत विभिन्न ४ वटा टिमले सहभागिता जनाएको थियो । साविकको खुदुनाबारी गाविसको एक मात्रै राम्रो खेल मैदान पछिलो समय विभिन्न खेल मैदान निर्माण तथा संचालनमा आएसंगै संरक्षण हुन नसकेको भन्दै आयोजक तथा विभिन्न सरोकारवालाहरुले खेल मैदान व्यवस्थीत गर्ने पहलको सुरुवात गर्दै प्रतियोगिताको आयोजना गरेको बताएका छन् ।

अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाका वडाअध्यक्षसहितका जनप्रतिनिधिहरुलाई आयोजकले प्रतियोगिताको अवसरमा मैदानको स्तरवृद्धीका लागि चासो र पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
195
सम्बन्धित

लोकप्रिय

लोकप्रिय