आज काग तिहार

हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ ।


सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले आजको दिनलाई यमपञ्चक पनि भनिन्छ ।

आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय