नेकपा एमाले झापाको पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजनामा आज पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न भएको छ । झापाका स्थानीय तहमा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षसहित पार्टीको तर्फबाट पालिका अध्यक्ष र इन्चार्जसहित स्थानीय विकास विभागका पदाधिकारी सदस्यहरुको सहभागितामा पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न गरिएको हो ।


नेकपा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा पार्टीका पोलिटब्युरो सदस्य तथा स्थानीय विकास केन्द्रीय विभागका प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा समीक्षा बैठक गरिएको हो । समन्वय संयन्त्रको समीक्षा बैठकको सहजीकरण स्थानीय विकास केन्द्रीय विभागका सचिव हर्कराज राईले गरेका थिए ।


समीक्षा बैठकमा झापाका सबै १५ वटै पालिकाहरुको स्थानीय तह संयन्त्र र पालिका सभादलका बीच समन्वयात्मक भूमिका, जनप्रतिनिधि र पार्टी बीचको सम्बन्ध, स्थानीय तहमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा सभादल र पार्टीबीच कत्तिको समन्वय भइरहेको छ भन्नेजस्ता विषयहरुमा छलफल गरिएको झापा जिल्ला कमिटी उपाध्यक्ष तथा स्थानीय विकास विभागका प्रमुख प्रेमबहादुर गिरीले बताए ।

पार्टी जिल्ला कार्यालयमा सम्पन्न समन्वय संयन्त्रको बैठकमा स्थानीय तहका गतिविधिहरुको समीक्षा गर्दै सुझाव र निर्देशनसमेत दिइएको थियो । पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा स्थानीय विकास विभागका प्रमुख गिरीले शाब्दिक स्वागतसहित पालिका समन्वय संयन्त्रको समीक्षा बैठकको आवश्यकता र औचित्य प्रष्ट्याएको सो कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव शिव ढुङ्गेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय