सृजना सामुदायिक वनको अध्यक्षमा खुम्बा र सचिवमा सन्तबहादुर निर्वाचित

इलाम । सृजना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा खुम्बा तामाङ निर्वाचित हुनुभएको छ । रोङ गाउँपालिका वडा नम्बर २स्थित सामुदायिक वन उपभोक्ता समुहको बिहिबार सम्पन्न निर्वाचन प्रक्रियाले तामाङलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै सामुदायिक वनको उपाध्यक्षमा प्रिति प्रधान पौडेल निर्वाचित हुनुभएको छ ।


सामुदायिक वनको सचिवमा सन्तबहादुर तामाङ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । त्यस्तै सहसचिवमा शुसन राई र कोषाध्यक्षमा दलमाया राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको नवनिर्वाचित सचिव तामाङले बताउनुभयो । कोषाध्यक्ष पदका लागि दलमाया राई र सुमित्रा नेम्वाङबिच चुनावी प्रतिस्पर्धा भएको थियो । ३ सय ४५ मत खसेको निर्वाचनमा १९ बदर भएको थियो । नेम्वाङलाई ३९ मत अन्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो ।

वन उपभोक्ता समितिको सदस्यहरुमा पवित्रा गजमेर, भावाना शिवाकोटी, टिका सिन्चुरी, गौतम तामाङ, शर्मानन्द ढुङ्गेल र फर्वासिंह तामाङ सर्वसम्मत रुपमा निर्वाचित हुनुभयो ।


पदाधिकारी तथा सदस्य गरि १५ सदसीय कार्यसमितिमा बाँकी ४ जना सदस्य भने कार्यसमितिले मनोनित गर्ने सचिव तामाङले जानकारी दिनुभयो ।

निश्चल पोखरेलको संयोजकत्वमा गठित निर्वाच समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया टुङ्गो लगाएको थियो । सवडिभिजन वन कार्यलय रोङका प्रमुख होम चन्द्र गौतम र मादुरी मगरले निर्वाचन समिति सदस्यको जिम्मेवारी वहन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
205
सम्बन्धित

लोकप्रिय

लोकप्रिय