प्रथम मिडिया कप फुटसलको उपाधि हरप्रहर न्यूज माङसेबुङलाई

दमक। पत्रकार मञ्च दमक, झापाको आयोजनामा २०८० कार्तिक २३ गते बिहीबार एक दिवशीय प्रथम मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । झापा र इलामका गरि विभिन्न ८ टिम सहभागी सो प्रतियोगिता हरप्रहर न्यूज माङसेबुङ इलामले जितेको छ । त्यस्तै सताक्षी प्रेस क्लब शिवसताक्षी उपविजेता बनेको छ ।


उपविजेता-सताक्षी प्रेस क्लब शिवसताक्षी

प्रतियोगिताका विजेताले पुरस्कार स्वरूप नगद १५ हजार १५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १० हजार १० सहित पुरस्कार प्राप्त गरेको छ । बिस्ट फुट्सल कोर्ट दमक ५ मा आयोजित प्रतियोगिताका उत्कृष्ट खेलाडी सताक्षीका पवन चाम्लिङ बने । उनले ट्रफी र नगद १५ सय पुरस्कार प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता हरप्रहरका सुसन राई (१७ गोल) लाई ट्रफी सहित नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट गोलकिपरमा हरप्रहरका चिरञ्जीबी घिमिरे र विष्णु कार्की (संयुक्त) लाई ट्रफी र १५ सय नगद पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिताको उद्घाटनसत्रमा र समापन सत्रमा दमक वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र गुरुङले प्रमुख अतिथिको हैसियतले मन्तव्य राख्दै सञ्चारकर्मीबीच आयोजित यस किसिमका प्रतियोगिताले व्यक्तिगत स्वास्थ्य, खेल क्षेत्रको विकास र प्रवर्धन, आपसी सम्बन्ध सुधार र अनुशासनमा महत्वपूर्ण टेवा पुग्नेमा जोड दिएका थिए ।


कार्यक्रममा पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोजकुमार लामा, झापा मोडल इङ्लिस स्कूलका पृन्सिपल सागर श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्कालगायतले शुभकामना दिएका थिए । प्रतियोगिताबारे कार्यक्रम संयोजक विष्णु पोखरेलले प्रकाश पारेका थिए भने मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकाय, संघसंस्था, ब्यापार व्यवसायी, व्यक्तिहरुले सहयोग गरेको जानकारी दिँदै कार्यक्रम संयोजक पोखरेलले १५ दिनभित्र प्रतियोगिताको हरहिसाब सार्वजनिक गरिने बताएका थिए भने प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष देवानले धन्यवाद ज्ञापन गरेका थिए ।

जिबिएलओ र स्वीकरोक्ति अमेरिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको झापा मोडल इङ्लिस स्कुल दमक ८ ले पहिलो पुरस्कार प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार दमक ६ मा रहेको यावा मार्टले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय