चारपाने चोकमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड-२ स्थित चारपाने चोकमा आज बिहान भएको कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।


बिहान ५.४५ बजेको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड-२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय