नोबेल अस्पतालमा बिरामी आमाको कुरुवा बसेका खनाल बुधबार रातिदेखि बेपत्ता 

झापा । अर्जुनधारा नगरपालिका-३ का टिका खनाल  बुधबार रातिदेखि बेपत्ता भएका छन् । नोबेल अस्पताल विराटनगरमा बिरामी आमाको कुरुवा गएका ३० वार्षिय खनाल बुधबार राति १२ बजेबाट अस्पतालबाटै सम्पर्क बिहिन भएको उनको परिवारले  बताएको छ ।


उनी बुधबार राति १२ बजेसम्म आमाको कुरुवा बसेको अस्पतालको CCTV मा देखिएको तर त्यसपछि भने बेपत्ता भएको बताइएको छ । खनाल हालसम्म पनि सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।  उनको परिवारले कतै देखिए वा भेटिएमा प्रहरी तथा परिवारमा सम्पर्क गरिदिन आग्रह गरेको छ ।

खनालले सेतो पाइन्ट र खैरो ज्याकेट लगाएको बताइएको छ । खनालको उचाई ५ फुट ५ इन्च भएको बताइएको छ ।


निम्न ब्याक्तिहरुलाई सम्पर्क गरिदिन परिवारको आग्रह छ ।
सम्पर्क व्यक्ति :

ललित बुढाथोकी ९८०३५२०१४६
विष्णु आचार्य ९८६०६६५७२३

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
5
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय