झापामा खुकुरी प्रहार गरि सालोले गरे भिनाजुको हत्या

झापा । बुद्धशान्ति गाउँपालिकामा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेको छ । बुद्धशान्ति गाउँपालिका– ५ निवासी अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।


रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो । विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले प्रहार गरेका थिए । टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनको उपचारका क्रममा बिहीबार बिहान १ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले रोशनलाई खुकुरीसहित पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय