एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव असफल

हेटौंडा । असन्तुष्ट पक्षको बहिष्कारबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव असफल भएको छ ।


हेटौंडामा बिहीबार आयोजना गरिएको विशेष साधारणसभामा संस्थापन पक्षले जबर्जस्ती गरेको भन्दै पूर्व अध्यक्ष कर्माछिरिङ पक्षका ३४ जनाले मतदान बहिष्कार गरेपछि भएको मतदानमा नेम्वाङको पक्षमा बहुमत आएको हो ।

एन्फाका कुल ८७ जना सदस्यसंग मताधिकार रहेकोमा ५३ जनाले मतदानमा भाग लिएका थिए । त्यस मध्ये नेम्वाङको पक्षमा ५२ मत खसेको थियो । मतदान अघि सुरु भएको विशेष साधारणसभामा उद्घाट्न विना नै बन्दसत्र सुरु गरिएपछि असन्तुष्ट पक्षले हो–हल्ला गरेका थिए ।


संस्थापन पक्षले प्रहरी परिचालन गरी साधारणसभा अघि बढाएपछि असन्तुष्ट पक्षले मतदान बहिष्कार गरेका थिए । अध्यक्ष नेम्वाङ विरुद्ध गत भदौ २५ गते ४९ जना सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय