जापनको तोनो शहरका उपमेयर सहितको टोलि अर्जुनधारामा, भगिनी सम्बन्ध स्थापना गर्ने

झापा । जापनको तोनो शहरका उपमेयर सोकी सुजुकी नेतृत्वको टोलि झापाको अर्जुनधारा नगरपालिकाको भ्रमणमा आएको छ । अर्जुनधारा नगरपालिकाको निमन्त्रणामा जापनको इवाते प्रान्तस्थित तोनो शहरको उपमेयर सोकी सुजुकी, नगरको उद्योग योजना विभाग प्रमुख यासुहिको कुरौची, वाणिज्य, उद्योग र श्रम विभाग प्रमुख इमिको किकुची, वाणिज्य, उद्योग र श्रम विभागका अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनोरी किकुची लगायतको टोलि अर्जुनधारा नगरपालिकाको भ्रमणमा आएको हो ।


त्यस्तै भ्रमणमा एशिया सशक्तिकरणका जापानी प्रतिनिधि कानाको होसोकावा, एसिया सशक्तिकरणका कार्यकारी निर्देशक आशिर्वाद त्रिपाठी, एसिया सशक्तिकरणका निर्देशक विनोद बस्नेत र व्यवस्थापक रुपक मल्ल ठकुरीको सहभागीता रहेको थियो ।


जापानी भ्रमण टोलिलाई अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङ सहित नगरपालिका परिवारले भव्य स्वागत गरेको थियो ।

टोलिले अर्जुनधारा नगरपालिका भित्र रहेका कृषि र औद्योगिक क्षेत्रमा भएका योजना र कामको निरीक्षण गरेको छ ।

अर्जुनधाराका मेयर गोम्देन, उपप्रमुख खड्गमाया पराजुली लगायतका जनप्रतिनिधि सहितको कर्मचारीको टोलि र जापानी टोलिले अर्जुनधारा-४ स्थित ६० हेक्टर क्षेत्रफलमा अर्जुनधारा नगर कृषि सहकारीको समन्वयमा गरिएको धान खेती, अर्जुनधारा ५ को विभिन्न २ वटा पेयपदार्थ उत्पादन गर्ने उद्योग, विर्तामोड-२ मा संचालनमा रहेको अर्गानिक मल उत्पादन गर्ने हाई हिमालयन आर्गानिक प्रालिको निरीक्षण गरेको छ ।

त्यस्तै अर्जुनधारा-१० मा रहेको सुपारीको पातबाट विभिन्न सामाग्री उत्पादन गर्ने हिमालय लस उद्योगको निरीक्षण गरेको थियो । जापानी टोलिले नेपाली उद्योगको अवस्था र सम्भावनाको विषयमा जानकारी लिएको थियो भने समस्याहरुको बारेमा चासो देखाएको थियो ।

त्यसअघि अर्जुनधारा नगरपालिका मेयर गोम्देन, जापनको तोनो शहरका मेयर काजा हिको तादा र जापानका लागी नेपाली राजदुत  दुर्गाबहादुर  सुवेदीबिच भर्चुअल सम्वाद तथा छलफल भएको थियो ।

छलफलमा दुवै पालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्ने, दुवै नगरपालिकाले एक आपसमा सहयोग आदन-प्रदान गर्ने लगायतका विषयमा छलफल भएको थियो । 

आजै साझ नगरपालिकाले जापानी पाहुनाहरुको सम्मानमा नगरको सभाहलमा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
2
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय