नेपाली क्रिकेट टोलीलाई २ करोड ४ लाख पुरस्कार दिन राखेपको सिफाररिश

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन् २०४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वपकमा छनोट भएको नेपाली क्रिकेट टोलीका लागि नगद पुरस्कार सिफारिश गरेको छ। राखेप कार्यकारी समितिका संयोजक सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा आज (मंगलवार) बसेको बैठकले नगद पुरस्कार सिफारिश गर्ने निर्णय गरेको छ।


१५ खेलाडी तथा एकजना मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिश गर्ने निर्णय राखेपले गरेको हो। राखेपले टोलीका प्रत्येक खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार रुपैयाँ पुरस्कार सिफारिश गरेको छ।

गत आइतवार भएको आईसीसी टी-२० विश्वकप एशिया छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान सुनिश्चित गरेको थियो। सन् २०१४ को विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा खेल्ने अवसर पाएको हो।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय