झापामा पहिलो पटक जिल्ला स्तरीय डोरीतान च्याम्पीयनसिप हुने

बिर्तामोड । झापामा पहिलो पटक डोरीतान प्रतियोगिता हुने भएको छ । झापा जिल्ला डोरीतान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पीयनसिप २०८०’ प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो ।


संघकी अध्यक्ष युनिता दवाडीका अनुसार यही कात्तिक २४ गते बिर्तामोडमा हुने प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, सशस्त्र प्रहरी बलको टिम तथा आयोजकको एक टिम गरि १८ वटा टिले प्रतिस्पर्धा गर्ने छन् । सहभागिताका लागि सबै पालिका र विभागिय टिमसंग समन्वय भईसकेको उहाँले बताउनुभयो । नेपाल प्रहरीको टिम समेत सहभागि हुने कुरा रहेकाले सहभागिता निश्चित भएमा १९ वटा टिमले प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।


बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता सम्पन्न गर्न बिर्तामोड नगरपालिका सहित झापाका १५ वटै पालिकाको सहयोग रहने आयोजकले बताएको छ । कोशी प्रदेशका मुख्य मुन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा प्रतियोगिता संचालन हुने संघका जिल्ला अध्यक्ष दवाडीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा.सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिनुभएको थियो । जिल्लामा संघ गठन भएको करिब ६ महिनामा झापा जिल्लामै पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय