करेन्ट लागेर झापामा दुई जनाको मृत्यु

करेन्ट लागेर झापामा एकै दिन दुई जनाको मृत्यु भएको छ । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए । घाइते भएको उनलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


त्यस्तै कनकाई नगरपालिका-३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कनकाई ६ का ३६ वर्षीय राम कुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारमा टच भई करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय