एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो ।

बैठकले भुकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय