कोशी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता नलिने

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।


प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताउनुभयो । दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्ने लगायतको निर्णय गरेको भण्डारीले बताउनुभयो ।


एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय