चारआलीमा एक सैनिक गणभित्रै झुन्डिएको अवस्थामा फेला

बिर्तामोड । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा एकजना सैनिक सिपाही झुन्डिएर अवस्थामा फेला परेका छन् ।


गणका सैनिक सिपाही २१ वर्षीय गौरव रिजाल ब्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी पाँचथर फाल्गुनन्द गाउँपालिका निवासी हुन् । हालै मात्र ९ महिने तालिम सकेर आएका उनी हिजै मात्र घर विदाबाट गणमा हाजिर हुन आएका थिए ।


घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
7
+1
4
+1
5
+1
7
+1
58
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय